उप–निर्वाचनको हार : दुईतिहाइको दम्भ र अत्याधिक कर


एस.के. लम्साल, मिडिया क्लब नेपाल । हालै सम्पन्न उपचिर्वाचनमा सत्तारुढ दल नेकपाको गढ मानिएका भक्तपुर, चितवन, धरान लगायत देशका विभिन्न स्थानका उपचुनावी हार – दुई तिहाइको दम्भ, स्थानीय सरकारको उपभोक्ता समिति तथा विकास निर्माणको नाममा भ्रष्टाचारमा चुर्लुम्म डुब्दै जानु, सरकारी अव्यवहारिक कार्यशैली, उद्योगधन्दा/कलकारखाना/रोजगारी सिर्जना/उत्पादनमुखी कार्ययोजना नहुनु, शेयर बजारको दुरावस्था कायमै रहनु, विकास निर्माणका कार्यहरू समयमा सम्पन्न नगर्नु, उल्टै गफमा सरकारका तीनै तह अल्झिदा नयाँ विकास निर्माणका कामहरु ठप्पै भएका कारण सरकार अलोकप्रियताको शिखर चढ्दै गएको छ । धरान नेकपाले त अत्याधिक कर असुलीका कारण उप–चुनावमा हार भएको स्विकार गरिसकेको छ ।

तर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंसिर १४ मा भएको उपनिर्वाचनमा पार्टी भित्र घात–अन्तरघात नभएको निचोड निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको सचिवालय बैठकले यस्तो निचोड निकालेको हो ।
२०७४ मा भएको निर्वाचनपछि विभिन्न कारणले रिक्त ३७ जिल्लाको ५२ पदमा भएको उपनिर्वाचनमा नेकपाले ३० पद मात्रै जितेको थियो । दुईतिहाइको बहुमतसहित सरकार चलाइरहेको नेकपाले सोचे जस्तो नतिजा ल्याउन नसकेपछि यसैबारे सचिवालय बैठकमा छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि