१२ सय ४६ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ५० हजार नाघ्यो


मिडिया क्लब नेपाल, काठमाडौं । बिहिबार देशका विभिन्न स्थानमा गरिएको पिसिआर परीक्षणमा १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् ।
बिहीबार थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । कुल संक्रमित संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार सात सय पुगेको छ । यो संख्या कुल संक्रमितको ७१ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयले बताएको छ । हाल देशभर १४ हजार ४४८ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि