‘संविधानले उल्लेख नै नगरेको अधिकार प्रधानमन्त्रीलाई छ भनेर हुँदैन’


कठमाडौं । सर्वाेच्च अदालतमा संसद विघटन विरुद्धको मुद्दामा एमिकस क्युरीको राय लिने क्रम आज पनि जारी नै छ ।
वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले संविधानले उल्लेख नगरेको अधिकार प्रधानमन्त्रीलाई नहुने बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा एमिकस क्युरीको तर्फबाट बुधबार राय दिने क्रममा खरेलले प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताए । उनले संविधान विपरित भएको विघटनको निर्णय बदर गर्न राय दिए ।
उनले संविधानले उल्लेख नगरेको अधिकार प्रधानमन्त्रीलाई छ भनेर भन्न नमिल्ने जिकिर समेत गरे । धारा ७६ र ८५ मा बाहेक संविधानले विघटनको कुरा देखाउन नसकेको बताउँदै संसदीय व्यवस्थामा प्रधानमन्त्रीले गर्न पाउँछ भने पनि ७६ बाहेक अन्त देखाउन नसकेको उनले बताए ।
‘विघटन वर्तमान संविधान विपरित छ । यसलाई बदर गर्नुपर्छ । संविधानको धारा ७६ ९५० भन्दा बाहेक अन्त प्रधानमन्त्री जान मिल्दैन । विघटन गर्दा संविधान बमोजिम भन्दा बाहिर जाने काम भएको छ’, उनको भने ।
उनले आफ्नो राय ४ विषयमा केन्द्रीत रहेर गरेका थिए । जसमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई विघटनको अधिकार छ कि छैन ?, संसदीय अभ्यासमा विघटनको अधिकार कार्यकारीभित्र रहन्छ कि संविधानमा हुन्छ ?, संसद विघटनमा न्यायिक पुनरावलोकनको निर्णय हुन्छ कि हुँदैन ? र राजनीतिक विषय हो कि होइन भन्ने विषय समेटेका थिए ।
उनले धारा ८५ को व्यवस्था अनुसार संविधान बमोजिम विघटन भनिएपनि कहाँबाट भनेर विशेष किटान जरुरी रहेको बताए । ‘त्यो भनेको धारा ७६ नै हो । यो धाराबाहेक अरु धाराले विघटनको व्यवस्था देखाउन सकेको छैन ।’
उनले हाम्रो प्रणाली संवैधानिक सर्वाेच्चता भएको भन्दै संसदीय सर्वाेच्चता नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि