‘भावनात्मक अभिव्यक्ति दिएर नेता-कार्यकर्ता तान्ने दाउमा ओली’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरा आयोजित कार्यक्रममा आफू असुरक्षित रहेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति राजनीतिक फाइदा लिने उद्देश्यले पनि आएको हुन सक्ने एकथरीको विश्लेषण छ ।

राजनीतिशास्त्री कृष्ण पोखरेलको बुझाइमा सहानुभूति बटुल्न र नेकपाको प्रचण्ड- नेपाल समूहका नेता, कार्यकर्तालाई आफूतिर तान्ने उद्देश्यका साथ प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिएको हुन सक्छ ।

‘ओलीको भावनात्मक अभिव्यक्ति राजनीतिक स्टन्ट र जनताबाट सहानुभूति बटुल्ने उपाय मात्र’

उनको विचारमा यो एक प्रकारको राजनीतिक स्टन्ट र जनताबाट सहानुभूति बटुल्ने उपाय मात्र हो ।

आफूले वाचा गरेअनुरूप विकास र सुशासनको दिशामा खासै प्रगति नदेखिएको पृष्ठभूमिमा आमनागरिकको ध्यान अन्यत्र मोड्ने हिसाबले पनि प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति आएको हुन सक्ने एकथरीको बुझाइ छ ।
त्यसबारे पोखरेल भन्छन्, ‘म आफैँमाथि खतरा छ म मरे पनि मेरा मुद्दालाई अगाडि बढाउनुहोला भन्ने ढङ्गले बहसलाई अन्तै मोड्ने पनि हुन सक्छ । तर यी कुराबाट मानिसहरू भ्रमित हुने अवस्था अब छैन ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि