‘ओलीको धम्की : विश्वासको मत नदिए फेरि संसद विघटन गर्छु’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनः विघटन गर्ने धम्की दिएका छन् ।
प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रस्तुत गरेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले संसद विघटनको चिन्ता गर्नेहरुले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।
उनले मुद्दा लडेर फिर्ता ल्याएको संसद बचाउन आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भने ‘संसद् विघटन फेरि होला कि भन्ने चिन्ता छ? ए बाबा, मत दिनुस् न, कसरी विघटन हुन्छ? आफैं मत नदिइकन विघटनतिर धकेल्ने अनि अर्कालाई अपजस् लगाउने । भीरको टाउकोबाट उँधोतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष लगाउने। हाम नफालौँ, मत दिऔँ ।’
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले पुनः संसद विघटन गर्ने चिन्ता भएको बताएका थिए ।
साथै उनले संसदले आफूलाई विश्वासको मत नदिए मार्ग प्रशस्त गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि