Notice: Trying to access array offset on value of type bool in /home/mediaclubnepal.com/public_html/wp-content/themes/palpal/functions.php on line 162

‘लुम्बिनी प्रदेश : महासंकटमा मुख्यमन्त्री शंकर पोखरेल, विपक्षीले मागे राजीनामा’


बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेले हारेपछि नेकपा एमाले नेतृत्वको प्रदेश सरकारलाई पुनः संकटमा परेको छ ।
आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बेलामा प्रदेश सभाको अंकगणित मुख्यमन्त्री शंकर पोखरेलको हातबाट उम्किएको आँकलनहरु भइरहेका छन् ।
सोमबार सम्पन्न निर्वाचन परिणाम अनुसार प्रदेश सभाका ८३ सांसदमध्ये सत्तापक्षका उम्मेदवारले जनता समाजवादी पार्टीका चारजना मन्त्रीसमेतको मत जोडेर ४० मत मात्र पाए । जबकी प्रदेश सभामा एमालेका मात्रै ३८ सांसद छन् । जसपाबाट चार मन्त्रीलाई जोड्दा सत्ता पक्षमा ४२ मत आउनुपर्ने हो । तर कांग्रेससहित विपक्षी चार दलको गठवन्धनका उम्मेदवारले ४२ मत पाए । विपक्षी गठबन्धनमा कांग्रेसको १९, माओवादी केन्द्रको १९, जसपाको २ र राष्ट्रिय जनमोर्चाको एक मत गरी ४१ मत मात्र हो । तर सत्तापक्षकै एकजना सांसदले विपक्षीलाई मत हालेको निर्वाचन परिणामले देखाउँछ । प्रदेशको एक मत बदर भएको थियो ।
उक्त बदर मत पनि आफूहरुकै भएको विपक्षी गठबन्धनको दावी छ ।
राष्ट्रियसभा निर्वाचनको परिणामलाई लिएर विपक्षी दलहरुले लुम्बिनीका मुख्यमन्त्री स्पष्टरुपमा अल्पमतमा परेको पुष्टी भएकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग दोहोर्‍याएका छन् । किनकी ८३ सदस्यीय प्रदेश सभामा सरकारलाई वहुमत पुग्न कम्तीमा ४२ जना सांसद हुनुपर्छ ।
राष्ट्रिय सभा उपनिर्वाचनको परिणामले मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा परेको पुष्टी भइसकेको कांग्रेसका नेताहरुले बताएका छन् । मुख्यमन्त्री पोखरलले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनीहरुको धारणा छ । वैशाख १९ गते प्रदेश सभाको वैठक आह्वान गरिएको छ ।
मुख्यमन्त्री पोखरेल गत वैशाख १९ गते नै अल्पमतमा पर्दापर्दै प्रदेश प्रमुखसंगको मिलेमतोमा संविधान मिचेर मुख्यमन्त्रीमा नियुक्त भएकाले सरकारबाट वहिगर्मन गराएरै छाड्ने माओवादी केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि