जिल्ला बचत संघ, काभ्रेको आयोजनामा ‘उच्चस्तरीय लेखा व्यवस्थापन तालिम’ सम्पन्न


काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी सहकारी संघको आयोजनामा मंसिर ११ गते देखी १३ गते सम्म नगरकोट हिलसाईड भिलेज रिसोर्टको सभाहलमा उच्चस्तरीय लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

प्रशिक्षक सि.ए. राजकुमार फुयाल र सि.ए. अंकित अर्यालले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा २७ जनाको सहभागीतामा रहेको थियो ।
तालिमको उद्घाटन कार्यक्रममा संघका प्रबन्धक गुरु प्रसाद ढकालले सहभागीहरुलाई स्वागत गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो । साथै शिक्षा तथा तालिम उप समितिका संयोजक निर्मला श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि ब्यानर वाचन गर्दै तालिमको औपचारिक रुपमा उद्घाटन गर्दै तालिमको उद्देश्य, तालिमको पृष्ठभुमि, औचित्यको बारेमा प्रष्ट पार्दै मनत्व्य राख्नुभएको थियो । तालिमको समापन कार्यक्रममा संघका कोषाध्यक्ष जितेन्द्र नकर्मीले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै आफ्नो अमुल्य एवं सान्दर्भिक भनाईहरु राख्दै तालिमको समापन भएको घोषणा गर्नुभएको थियो । तालिममा कार्यक्रम संचालन संघका उप–प्रबन्धक रवि कुमार के.सी.ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : medi[email protected]
सामाजिक संजालमा हामि