काभ्रे जिल्ला बचत संघको २४ औं साधारण सभा सम्पन्न, अध्यक्षमा जितेन्द्र नकर्मी


काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २४ औं साधारण सभा सम्पन्न भएको छ । सभाले जितेन्द्र नकर्मीको नेतृत्वमा नयाँ सञ्चालन समिति निर्वाचित गरेको छ ।
नयाँ सञ्चालक समितिको अध्यक्षमा जितेन्द्र नकर्मी, पुरुष उपाध्यक्षमा सागरनाथ कपाली, महिला उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिवमा सुरेन्द्रप्रसाद पौडेल, कोषाध्यक्षमा जीवन श्रेष्ठ, सहसचिवमा विकास बादे, सदस्यहरुमा गणेशकुमार तामाङ, सत्यवती भट्टराई, बालकृष्ण दाहाल, रुशन श्रेष्ठ, रमेशप्रसाद न्यौपाने, ज्ञानु दाहाल, विनोद सापकोटा तथा लेखा सुपरिवेक्षण समिति संयोजकमा शिवप्रसाद आचार्य, सदस्यहरुमा पुष्पराज कोइराला, दिपेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको हो ।


कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल हुनुहुन्थ्यो । कार्यक्रमको सभापतित्व अध्यक्ष रामहरि केसीले गर्नुभएको थियो । कार्यक्रममा बागमति प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ, काभ्रेका उपाध्यक्ष अमन पोटे, जिल्ला बहुउद्देश्यीय सहकारी संघ काभ्रेका सचिव योगराज दाहाल, सामुदायिक वन उपभोक्ता बागमति प्रदेश अध्यक्ष विनोद सापकोटा, संघका प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सचिव उदयराम कायस्थले वार्षिक प्रगति तथा भावी कार्ययोजना, कोषाध्यक्ष जितेन्द्र नकर्मीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक जेन लामाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघका प्रबन्धक गुरु ढकालले जिल्ला बचत संघ, काभ्रेले नीति, विधि र प्रविधिको प्रयोग गर्दै उच्चतम सेवा प्रदान गर्दै अघि बढेको बताउनुभएको थियो ।
कार्यक्रममा यस वर्षको संघका उत्कृष्ट कर्मचारी विकास भारतीलाई ५ हजार नगदसहित सम्मान गरिएको थियो ।
संघको कुल शेयर पूँजी ६ करोड ६२ लाख २६ हजार रहेको छ । संघको कुल १ अर्ब २० करोड ३७ लाख २२ हजार १ सय २० रहेको छ । संघको अन्तर लगानी कार्यक्रममा ६ अर्ब १२ करोड ७१ लाख ९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि