काभ्रेमा अनलाइन सञ्चारकर्मीहरूको अन्र्तक्रिया


बनेपा । काभ्रे जिल्लाबाट सञ्चालन भइरहेका अनलाइन सञ्चार माध्यमका प्रतिनीधिहरुको भेला तथा अन्र्तक्रिया कार्यक्रम बनेपामा सम्पन्न भएको छ ।
अनलाइन पत्रकारितालाई व्यवस्थित ढंगबाट सञ्चालन गर्ने विषयमा काभ्रे जिल्लाका अनलाइनकर्मीहरुको अन्र्तक्रिया कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, बागमति प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ, काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, फोटो पत्रकार महासंघ बागमति प्रदेशका संयोजक केशवराज पौडेल लगायत जिल्लाका अग्रज सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
उक्त भेलाले अनलाइन सञ्चार संस्थाबीच समन्वय र सहजीकरण गर्नका लागि केशवराज पौडेलको संयोजकत्वमा ११ सदस्य समिति गठन गरिएको छ । उक्त समितिले एक महिनाभित्र प्रारम्भिक भेला सम्पन्न गर्ने निणर्य गरेको छ ।
एघार सदस्यीय समितिमा सुरज श्रेष्ठ, मणिराम दाहाल, अशोक महत, विकास तिमिल्सिना, रामप्रसाद ढकाल, पुरुषोत्तम ढकाल, ज्योती श्रेष्ठ, जानुका खदाल, इन्द्र बहादुर थापा, चित्र तामाङ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि