३ मंसिर २०८१, सोमबार / Mon Nov 18, 2024

काठमाण्डौं उपत्यकामा निषेधाज्ञा धेरै खुकुलो, सबै सवारी साधन चल्न पाउने (हेर्नुहोस विस्तृत जानकारी)


कोरोनाभाइरस महामारी नियन्त्रणका लागि काठमाण्डौं उपत्यकामा लागु गरिएको निषेधाज्ञा थप विभिन्न क्षेत्रलाई खुला गर्दै असार ३१ गतेसम्म बढाइएको छ ।
आइतवार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाका प्रावधानहरूलाई पहिलेकोभन्दा धेरै नै खुकुलो बनाउँदै त्यसलाई एक साता बढाउने निणर्य गरेको हो ।
नयाँ नियम सहितको निषेधाज्ञा आगामी मङ्गलवारबाट लागु हुनेछ । नयाँ निणर्यसँगै अब उपत्यकामा सवारीसाधनमा लागेको जोरबिजोर प्रणाली हटेको छ ।
योसँगै सार्वजनिक यातायातका टेम्पो तथा निलो माइक्रोमा ९ जनाभन्दा यात्रु नबढ्ने गरी सञ्चालन गर्न पाइनेछ । बसका हकमा भने कुल स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन ।
त्यस्तै विभिन्न निकायबाट पूर्वनिर्धारित लिखित र प्रयोगात्मक परीक्षणाहरू सीमित संख्यामा परीक्षार्थी राखेर सञ्चालन गर्न पाइने भएको छ ।
परीक्षा सञ्चालन हुने कुनै एक स्थान हल तथा कोठाको आकार अनुसार २५ जना भन्दा बढी मानिसहरू भेला जम्मा नहुने गरी परीक्षा सञ्चालन गर्न पाउने भएको छ ।
नयाँ व्यवस्था अनुसार औषधि र स्वास्थ्य सामग्रीसम्बन्धी पसलहरू जुनसुकै बेला सञ्चालन गर्न सकिने छ भने त्यस बाहेकका अन्य व्यवसाय साँझ ६ बजेसम्म खोल्न सकिने व्यवस्था गरिएको छ ।
यसैगरी रेस्टुराँ लगायतबाट प्रदान हुने ‘टेक अवे’ र होम डेलिभरी सेवा भने साँझ ७ बजेसम्म चलाउन पाइनेछ ।
नयाँ नियम अनुसार अत्यावश्यक कामले काठमाण्डौं उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनको हकमा सम्बन्धित जिप्रकाबाट स्वीकृति लिएर प्रवेश पाउने व्यवस्था गरिएको छ ।

यी गतिविधि निषेध गरिएका छन् :

  • सबै प्रकारका सभासम्मेलन र तालिम वा सेमिनारहरू
  • सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लबहरू
  • स्वीमिङ पुल, मनोरञ्जलन स्थल, सैलुन, ब्युटिपार्लरहरू
  • हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालाय, संग्रहालय, चिडयाँखाना, रङ्गशालामा दर्शकसहित हुने खेलकुद
  • खुला स्थानमा मानिसहरू भेला हुने सभासम्मेलन, जुलुस र भोजभतेरहरू
  • होटल र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्ध र सामूहिक सांस्कृतिक कार्यक्रमहरू
  • पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधिहरू
  • शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाइने

अब स्थानीय ढुवानी सेवा बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्ण ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । जिप्रकाहरूबाट जारी आदेशमा चलाउन दिइने व्यवसाय र सेवाका हकमा पनि भौतिक दूरी कामय राख्ने र स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने उल्लेख छ । त्यस्तै मास्क नलगाउनेलाई सार्वजनिक यातायातमा प्रवेश नदिने र चालक तथा सहचालकले मास्क, भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्ने व्यवस्था छ । सवारीसाधनको अनिवार्य रूपमा दैनिक निसंक्रमण गर्नुपर्नेछ । तालिम, गोष्ठी, सेमिनार, बैठक, समीक्षा प्रशिक्षणलगायत प्रत्यक्ष रूपमा गर्नै पर्ने भएमा भौतिक दूरी कामय गर्दै स्वास्थ्य मापदण्ड अपनाएर २५ जना मात्र सहभागी भइ गर्न सकिने पनि आदेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि