विरामीको उद्धारका लागि सरकारले हवाई एम्बुलेन्स चलाउने
बिरामीको उद्धारका लागि हवाई एम्बुलेन्स सञ्चालन गर्नेलगायत महत्वपूर्ण योजना समेटेर सरकारले ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ सार्वजनिक गरेको छ। सरकारी अस्पतालमा अनलाईन टिकटको व्यवस्था गर्ने बुँदासमेत नयाँ स्वास्थ्य नीतिमा समेटिएको छ।