२७ असार २०८२, शुक्रबार / Fri Jul 11, 2025

भारतको पूर्वोत्तर राज्यहरुमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४४ पुग्यो


भारतको पूर्वोत्तर राज्यहरुमा लगातार वर्षापछिको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४४ जना पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।गत बिहीबार यताको भारी वर्षापछिको विपद्‌मा परेर आसाममा १७ जना, अरुणाचल प्रदेशमा १२ जना, मेघालयमा ६ जना, मिजोराममा ५ जना, त्रिपुरामा २ जना र नागाल्याण्ड र मनिपुरमा एक/एक जनाको मृत्यु भएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै एनडिटिभीले लेखेको छ । यसैगरी सिक्किममा आइतबार साँझ सैनिक क्याम्प नै बगाउँदा तीन सैनिकको कृत्यु भएको थियो भने बेपत्ता भएका अन्य ६ सैनिक अझै फेला परेका छैनन् । बाढी पहिरोले गर्दा सबैभन्दा बढी आसाममा क्षति पुगेको छ । आसामको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार यहाँका २१ जिल्लाका एक हजार ५ सय ६ गाउँका ६ लाख ३३ हजार भन्दा बढी जनसंख्या प्रभावित छन् । १४ हजार ७३९ हेक्टरको खेतीयोग्य जमिनमा क्षति पुगेको छ । सबैभन्दा बढी श्रीभुमी जिल्ला प्रभवित छ र यहाँको २ लाख ३१ हजार ५३६ जनसंख्या प्रभावित भएको डेक्कनहेराल्डले लेखेको छ । बाढी पहिरो प्रभावितहरुमध्ये ३९ हजार ७४६ जनालाई विभिन्न अस्थायी शिविरहरुमा आश्रय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि