२९ आश्विन २०८१, मंगलबार / Tue Oct 15, 2024

बुडोल सामुदायिक साकोसले गर्‍यो ज्येष्ठ नागरिकलाई सम्मान


काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थामा आबद्ध ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरेको छ ।
७५ वर्ष उमेर पूरा भएका २२१ जना ज्येष्ठ नागरिक सदस्यहरुलाई संस्थाको मुख्य कार्यालय र सेवाकेन्द्र कार्यालयहरुमार्फत पानी तताउने इलेक्ट्रिक जग, रामनामी खादा, मोजा, साबुन, झुल, बिस्कुट र तीन सय रुपैया नगद उपहार सहित सम्मान गरिएको गरेको हो । कार्यक्रममा व्यवस्थापनबाट साबुन र कान्छी माया फाउन्डेसनले झुलको सहयोग उपलब्ध गराइएको संस्थाले जनाएको छ ।
कार्यालयसम्म आउन नसक्ने अशक्त सदस्यहरुलाई संस्थाका प्रतिनिधिहरू घर–घरमै पुगेर समेत सम्मान गरिएको छ । संस्थाले विगत २१ वर्षदेखि हरेक वर्ष ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम आयोजना गरी सम्मान गर्दै आईरहेको छ ।


संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि