४ मंसिर २०८१, मंगलबार / Tue Nov 19, 2024

प्रेम विवाह गरेकी श्रीमतीमाथि दुई वर्षमै सौता हाल्दा….


“बिहाबारी २० वर्ष पारि’ भन्ने नारा र कानुनी व्यवस्था भए पनि बैतडीकी जानकी साउदको १६ वर्षमै लक्ष्मण साउदसँग प्रेम विवाह भयो।

जीवनभरि सँगै बाँच्ने र सुखी जीवन बिताउने कसम खाएका प्रेमीले दुई वर्ष नपुग्दै जानकीलाई धोका दिई अर्की केटीसँग लागे।

सोह्रै वर्षमै प्रेमी खोजेर बिहे गरेकी जानकी १९ वर्ष नपुग्दै छुट्टिनु प¥यो । त्यति मात्र होइन, जानकीले मायाको चिनो छोरी पनि जन्माएकी छन्।

बहुविवाह गरेका कारण प्रेमी लक्ष्मण हाल थुनामा छन् भने जानकी अस्पतालको बेडमा। यो खबर आजको गोरखापत्र दैनिकमा बैतडीबाट गोकर्ण दयालले लेखेका छन्।

यो घटना जिल्लाको पुरचौडी नगरपालिका–६, भूमिराजको हो । लक्ष्मणले गएको मङ्सिरमा अर्की युवतीसँग विवाह गरेपछि उनी कानुनको फन्दामा परे । जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीका अनुसार लक्ष्मण बहुविवाहको कसुरमा पुर्पक्षका लागि थुनामा छन्।

तीन वर्षअघि कक्षा ८ मा पढ्दै गर्दा जानकीको लक्ष्मणसित प्रेम बस्यो । विवाहपछि जानकीको पढाइ छुट्यो तर प्रेमी लक्ष्मणले भने पढाइ जारी राखे । कक्षा ११ मा पढ्दै गर्दा लक्ष्मणले आफ्नै कक्षामा पढ्ने अर्की १७ वर्षीया युवतीसँग दोस्रो प्रेम विवाह गरे ।

नयाँ प्रेमिका घर भित्र्याएपछि लक्ष्मणले जेठी श्रीमती जानकीलाई घर छोड्न दबाब दिए । जानकीको पेटमा बच्चा हुर्कंदै थियो । गएको मङ्सिरमा छोरी जन्मेपछि जानकीको जीवनमा खुसीको सट्टा थप सङ्कट थपियो ।

लक्ष्मणले दोस्रो विवाह गरेपछि जानकीको माइती पक्षले प्रहरीमा उजुरी दिए । यो कुरा जानकीलाई थाहा थिएन । बहुविवाह गरेका कारण लक्ष्मण कानुनको कठघरमा उभिन पुगे।

प्रहरीले लक्ष्मणलाई पक्राउ परेर जिल्ला सदरमुकाम ल्यायो । लक्ष्मणलाई बहुविवाह गरेको कसुरमा कारागार चलान गरियो।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि