२१ बैशाख २०८२, आइतबार / Sun May 4, 2025

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान


काठमाडौं– प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान हुँदा एक जना प्रहरी घाइते भएका छन् ।
उक्त गोली हानाहानमा गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक नवीनविक्रम थापा घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । शनिबार राति गाँजा बोकेको ५/६ जनाको समूह र प्रहरीबीच गोली हानाहान भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ सुरु गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । प्रहरीले मनहरी गाउँपालिका–९ रजैया राप्ती खोलाबाट राक्सिराङ गाउँपालिका–१ ढुङ्गेन बस्ने ४३ वर्षीय कुमार स्याङतान कटुवा पेस्तोल एक नाल, पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, जंगी गोली ५ राउण्ड र करिब ३५ केजी गाँजासहित पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जनाइएको छ । घटनास्थलबाट अन्य चारजना फरार भएका छन् । पक्राउ परेका स्याङ्तान प्रहरीको खोजी सूचीका गाँजा तस्कर नै भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : mediaclubnepal2019@gmail.com
सामाजिक संजालमा हामि