नेकपाले तोक्या ७७ जिल्लाका इन्चार्ज र सह–इन्चार्ज, सञ्चारमन्त्री बाँस्कोटा नेकपा काभ्रेको इन्चार्ज
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ ।
७७ जिल्ला र ६ महानगरका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो । पार्टी एकीकरण प्रक्रिया एक वर्ष भन्दा बढी समय सम्म लम्बिइरहेका बेला नेकपाले पार्टीका महत्वपूर्ण विभाग र जिल्ला तथा महानगरको इन्चार्ज तथा सहइन्चार्जको टुंगो लगाएको हो ।
यसैगरी सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई काभ्रे जिल्लाको इन्चार्ज तोकेको छ । तर काभ्रेमा सह–इन्चार्जको जिम्मेवारी भने कसैलाई दिइएको छैन । यसैगरी भूमी व्यवस्था तथा सहकारीमन्त्री पद्मा आर्यालले स्याङ्जा जिल्ला इन्चार्जको जिम्मेवारी पाएकी छन् ।
नेकपाले पोखरा महानगरको इन्चार्जमा मेयर मानबहादुर जिसी, भरतपुर महानगरपालिकाको इन्चार्ज मेयर रेणु दाहाल, काठमाडौं महानगरको इन्चार्जमा जीवराम श्रेष्ठलाई चयन भएका छन् । त्यस्तै ललितपुर महानगर इन्चार्जको जिम्मेवारी सुशीला नेपाललाइ चयन गरेको छ । त्यस्तै विराटनगर महानगरपालिका इन्चार्जको जिम्मेवारी शिवकुमार मण्डललाई बनाएको छ भने वीरगंज महानगरको इन्चार्जको जिम्मेवारी दिनेश राईले पाएका छन् ।