पशुपतिनाथको आशिर्वाद लिएर पूर्वराजा ज्ञानेन्द्र शाह विशेष राजनीतिक भेटघाटका लागि थाइल्याण्डमा
मिडिया क्लब नेपाल । काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबारदेखि थाइल्याण्डको भ्रमणमा छन् । पूर्वराजाको निजी भ्रमणका भनिए पनि उच्च राजनीतिक भेटघाटका लागि थाइल्याण्ड गएको विशेष समाचार श्रोतले बताएको छ ।
भ्रमणका क्रममा पूर्व राजा तीन साता थाइल्याण्डमा रहने उनको नीजि सचिवालयले जनाएको छ । केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने सचिवालयले बताएको छ । पूर्वयुवराज्ञी हिमानी शाह गत बुधबार नै दुई छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड गएकी थिइन् ।
केही दिनयता देशमा राजनीतिक उत्तरचढाव बढिरहँदा पूर्वराजाको थाइल्याण्ड भ्रमणलाई विशेष रुपमा लिइएको छ । राजनीतिक नेतृत्व तथा नेताकार्यकर्ताको कार्यशैलीले गर्दा पूर्व राजाविरोधी तत्वहरुको राजा, राजसंस्था तथा हिन्दु राज्यको पक्षमा आन्तरिक तथा बाह्य जनलहर बढिरहेको छ । राजसंस्थाका लागि अहिलेको राजनीतिक वातावरण अनुकुल रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।