५८ प्रतिशत गर्भपतन असुरक्षित, नेपालमा गर्भपतन गराउनेको संख्या प्रति वर्ष ३ लाख
मिडिया क्लब नेपाल, काठमाडौं । नेपालमा १ वर्षमा ३ लाख २३ हजार जना महिलाले गर्भपतन गराउने गरेको तथ्यांक सार्वजनिक भएको छ । ती मध्ये ५८% ले असुरक्षित गर्भपतन गर्ने गरेको तथ्यांकमा उल्लेख छ ।
पाचौँ राष्ट्रिय सुरक्षित गर्भपतन दिवसको अवसरमा परिवार कल्याण माहाशाखाले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । तथ्यांक अनुसार नेपालमा कुल मातृ मृत्यु मध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ ।
हाल ६५ जिल्लामा निशुल्क गर्भपतन सेवा उपलब्ध छ ।
विश्वमा प्रत्येक बर्ष २ करोड ५० लाख महिला तथा किशोरीहरुले असुरक्षित तरिकाले गर्भपतन गराउने तथ्यं सार्वजनिक भएको छ ।
विश्वमा भएका मातृ मूत्यु मध्ये करीब ८ प्रतिशत असुरक्षित गर्भपतनको कारणले भएको पाइएको छ । प्रतिवर्ष ४४ हजार महिलाहरुको मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ । प्रतिवर्ष ५० लाख महिलाहरु असुरक्षित गर्भपतनको जटिलताको कारणले विभिन्न रोगहरुबाट ग्रसित हुन्छन् ।