२७ कार्तिक २०८२, बुधबार / Wed Nov 12, 2025

सिमा विवाद प्रकरण : हल्ला धेरै काम कम, ओलीका विशेष दूत माधव नेपाललाई दिल्लीले बोलाएन


एस.के. लम्साल, मिडिया क्लब नेपाल । भारतले जम्मु कश्मिर र लद्दाखलाई अलग गरी केन्द्र शासित क्षेत्र बनाएपछि जारी गरेको राजनीतिक नक्सामा लिपुलेक र कालापानी लगायत नेपालको भूभाग पनि समेटेपछि नेपालमा उत्पन्न विरोधबारे भारतीय नेतृत्व पूर्ण रुपमा जानकार छ । भारतले यो नक्सालाई विगतकै निरन्तरता भन्दै यसअघिको नक्सामा भएकै भूभाग यथावत राखिएको दाबी गरेको छ ।

भारतीय नक्सापछि उत्पन्न बिरोधका बीच प्रधानमन्त्री ओलीले दोस्रो च्यानलको कुटनीति प्रयोग गरेर पार्टीभित्र ओलीबाट पेलिएको महसुस गरेका माधव नेपाललाई प्रधानमन्त्रीले नै कात्र्तिक मसान्ततिर निवासमै बोलाएर विशेष दूतका रुपमा लिपुलेक प्रकरणमा आवश्यक परेमा मोदीसँग कुरा गर्ने गरी भारत जानुपर्ने हुनसक्छ भनेका विषयहरु सञ्चार माध्यमबाट बाहिर आएका छन् ।

तर, भारतीय पक्ष विशेष दूतप्रति सकारात्मक नभएको जानकारीपछि यो विषय अघि बढेन । भारतले चासो नदिएपछि सिमा प्रकरण ओझेलमा परेको छ ।
नेपालका लागि भारतीय राजदूत भने सिमा विवाद प्रकरणलाई अन्र्तराष्ट्रियकरण गर्न नदिने खेलमा जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : mediaclubnepal2019@gmail.com
सामाजिक संजालमा हामि