७ मंसिर २०८१, शुक्रबार / Fri Nov 22, 2024

भारततर्फ भाग्न लागेकी सरिता गिरी सिमामै रोकिइन्


फाइल तस्बिर

मिडिया क्लब नेपाल, काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरी भारत जान लाग्दा सिराहा प्रहरीले सीमामा रोकेको छ । सिरहाको ठाडी नाकाबाट मंगलबार उनी भारत जान लागेकी थिइन् ।
सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर चतुर्वेदीले भारतले आफ्नो देश छिर्न खुला गरेको नाका नभएकाले ठाडीबाट प्रवेश गर्न नदिइएको बताए । उनले भने, ‘ठाडीबाट प्रवेश गर्न भारत सरकारको अनुमती छैन । त्यसैले अनुमती पाएको ठाउँबाट जानुस भनेर फर्काएका हौं ।’
भारतले आफ्नो दावी गर्दै आएको लिपुलेक, लिपियाधुरा र कालापानी क्षेत्र नेपालले आफ्नो नक्सामा समेटेपछि गिरीले त्यसको विरोध गर्दै आएकी थिइन् । पछिल्लो समय उनीविरुद्ध सडकमा निरन्तर प्रदर्शनहरु भएका थिए । गिरीको माइत भारत हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि