७ मंसिर २०८१, शुक्रबार / Fri Nov 22, 2024

केपी ओलीद्वारा आफ्नो बचाउ गर्दै भने – ‘सरकारको लोकप्रियता देखेर आत्तिएकाहरूले नकारात्मक सन्देश फैलाए’


ताप्लेजुङ । हाल नेकपाभित्र चर्किएको विवाद फुट्ने स्थितिमा पुगेको छ । तर पार्टीका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भने आफ्नो बचाउ गर्दै अर्कैलाई दोषी देखाउँदै आएका छन् ।
सोमबार ताप्लेजुङ पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने नकारात्मक सन्देश फैलाएको आरोप लगाएका छन् ।
ताप्लेजुङको हिमाली गाउँ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबार उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताएका हुन् ।
सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरे । ‘हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो ।’ प्रधानमन्त्री ओलीले भने ।
त्यस कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्बाङलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि