६ मंसिर २०८१, बिहिबार / Thu Nov 21, 2024

‘नेपालमा अझै पनि राजनीतिक दलहरुभित्र लोकतन्त्रको राम्रो अभ्यास हुन सकेन’


काठमाडौं । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले कानुन बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् । जनमूखी विधेयकहरु निर्माण गर्नका लागि राजनीतिक दल तथा सांसदहरुलाई प्रशिक्षण नहुँदा विज्ञको भर पर्नुपरेको बताए ।
शुक्रबार काठमाडौँमा आयोजित संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदान प्रदान एवं अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।
सभामुख सापकोटाले राजनीतिक दलहरु भित्र पनि लोकतन्त्रको राम्रो अभ्यास नभएको अनुभव भएको बताए ।
सभामुख सापकोटाले भने – ‘दलहरुमा प्रशिक्षणको कमी भएको छ । विज्ञताको कमी छ । हामी सबै माननिय सांसदहरुमा पनि विज्ञता नभइकन, ज्ञानको तागत भनेको आफ्नो विज्ञताको तागत हो त्यसो नहुँदा खेरी त अरुको भर पर्नुर्पयो । बाहिरबाट ल्याएका विज्ञहरुको भर पर्नुर्पयो । जनप्रतिनिधि जो हजारौं लाखौं जनताको प्रतिनिधित्व गर्छन् उनीहरुले मात्रै जनमूखी विधेयकहरु बनाउन सक्छन् । त्यसकारण यसमा हामीले बढी ध्यान दिनुपर्छ। मैले के भन्न खोजेको हो भने पार्टीहरु भित्र पनि लोकतन्त्रको अभ्यास राम्रोशित हुन सकेको आभास हामीलाई भएको छैन।’
अहिलेको परिस्थितिमा संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमाथि रहेको समेत सभामुख सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि