५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

रामचन्द्र पौडेल पक्राउ सुनियोजित भएको भन्दै देशैभरि प्रतिकार गर्ने कांग्रेसको तयारी


पोखरा । ब्यास नगरपालिकाको बुल्दी खोलामा बनेको पुल उद्घाटनका लागि गएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार पक्राउ परे ।
मंगलबारदेखि गृह जिल्लामा रहेका पौडेलले ब्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनेको पक्की पुल उद्घाटन गरेका थिए । तर ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाने क्रममा उनलाई पक्राउ गरिएको हो ।
संघीय सरकारको बजेटमा बनेको पुल कसले उद्घाटन गर्ने भन्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी कांग्रेसबचि विवाद भएपछि स्थानीय प्रशासनले झडप हुने सम्भावना देखिएको भन्दै निषेधाज्ञा नै ग¥यो । तर निषेधाज्ञालाई खारेज गर्छु भन्दै ¥यालीसहित पुल उद्घाटन गर्न हिँडेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर साँझ साढे ५ बजे छाडेको छ ।

नेताहरुमाथि भएको धरपकडको विरोधमा तरुण दलका कार्यकर्ताले जिप्रका अगाडि प्रदर्शन पनि गरेका थिए ।
प्रहरी नियन्त्रणमा रहेका वरिष्ठ नेता पौडेलले भने आफूलाई सुनियोजित ढंगले नै पक्राउ गरिएको बताएका छन् । त्यसको प्रतिकार देशैभरी गरिने कांग्रेसले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि