६ मंसिर २०८१, बिहिबार / Thu Nov 21, 2024

‘कम्युनिष्ट सरकारले सुतेको बाघलाई ब्युँझायो : कांग्रेस’


पोखरा । व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न गएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार प्रहरी हिरासतमा पुगे । प्रहरीले समातेको केही घण्टामा नै वरिष्ठ नेता पौडेलसहितका नेताहरुलाई छोडेको थियो ।
तनहुँमा बुधबार उद्घाटन गर्न नपाएको पुल उद्घाटन गरेपछि नेपाली कांग्रेसका नेताहरुले सरकारले आफूहरुलाई ब्युँझाइदिएको टिप्पणी गर्दै देशभर सरकारविरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् ।
बुधबार स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पुल व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको थियो । कांग्रेसले बिहीबार सोही पुल उद्घाटन कार्यक्रमलाई शक्ति प्रदर्शनको माध्यम बनाउँदै सरकारविरुद्ध कांग्रेस एक भएको बताएका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलिसको डण्डाले करङ पेलेकाले हिजो दिउँसोभन्दा साँझ र साँझभन्दा आज बढी दुखेको बताए । देशमा लोकतन्त्र आइसकेपछि पनि डण्डाको पेलान सहनु परेकाले लोकतन्त्र साकार पार्नै बाँकी रहेको पौडेलले बताए ।
प्रधानमन्त्री केपी ओली देश र लोकतन्त्रका लागि नभएर मुद्धामा जेल परेको पौडेलले आरोप लगाए । बयलगाडा चढेर गणतन्त्र आउँदैन भन्ने मान्छे आज राष्ट्रवादको हिरो बन्न खोजेको पौडेलले बताए । उनले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएको दाबी गरे । लोकतन्त्र सुरक्षित गर्ने आन्दोलनको सुरुवात भएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि