१ मंसिर २०८१, शनिबार / Sat Nov 16, 2024

‘आसेपासेको घेराबन्दीमा महाभारत र बेथानचोकका अध्यक्ष’


काभ्रे । सङ्घीय स्वायत्त साशन प्रणााली अनुसार प्राप्त अधिकार बमोजिम स्थानिय निकायले आफ्नो गाउँ वा नगरभित्र रहेका कर्मचारीहरुको हेरफेर, नियुक्ति तथा सरुवाको ब्यवस्था संविधानले गरेको छ । यसरी गरिने नियुक्ति तथा सरुवामा नेतृत्व तहमा रहेका व्यक्तिका आसेपासेको ईशारा एवं ब्यक्तिगत पुर्वाग्रहको आधारमा हुने गरेको पाईएको छ ।

हालसालै काभ्रे जिल्लाको महाभारत गाउँपालिकाको वडा नं १ गोकुले स्थित श्री भैरव माध्यमिक विद्यालय, धापमा निमावि तहको राहत दरबन्दीमा कार्यरत शिक्षक टेकराज घिसिङ बिना जानकारी पटक–पटक लामो समय विद्यालय अनुपस्थित हुने गरेपछि विद्यालयका प्रधानाध्यापक एवं विद्यालय व्यवस्थापन समितिले लापरवाही नगर्न र नियमित विद्यालय आउन विद्यालय व्यवस्थापक समितिको बैठकमार्फत जानकारी गरायो । शिक्षक घिसिङले उक्त जानकारीलाई बेवास्ता गर्दै आफ्नो क्रियाकलापमा सुधार नल्याएपछि शिक्षक लामाको कारवाहीको लागि विद्यालय व्यस्थापन समितिले महाभारत गाउँपालिकालाई पत्र मार्फत गाउँ जानकारी गरायो । तर गाउँपालिकाले शिक्षक घिसिडलाई नै हाजिर गराउनु पर्ने, अन्यथा गाउँपलिकाले कारवाहि गर्नु परे जे पनि हुन सक्ने ठाडो निर्देशन दियो । उक्त निर्देशनलाई विद्यालय व्यवस्थापन समितिले नमानेपछि कारवाही स्वरुप गएिको २७ वर्ष लामो अनुभव बोकेका विद्यालयका संस्थापक प्रधानाध्यापक खुबनाथ दुलाललाई गाउँपालिकाले सरुवाको पत्रले सम्मान गरिएको स्थानीयले बताएका छन् ।

विद्यालय समायोजन गर्ने निहुँमा विकट तथा पिछडिएको बस्ति बेथानचोक वडा नं १ च्याम्राङवेशी (साविक च्यामौङवेशी गाविस वडा नं. ८ फुर्केथली) को श्री त्रिवेणी आधारभूत विद्यालय समायोजन गर्ने क्रममा विद्यालय व्यवस्थापन समितिलाई पत्तै नदिई गरिएको तथ्य फेला परेको छ ।

त्यस्तै जिल्लाको बेथानचोक गाउँपालिकामा पनि यसै वर्ष यस्तै शैक्षिक वितण्डा मच्चाईएको समाचार स्रोतले बताएको छ । विद्यालय समायोजन गर्ने निहुँमा विकट तथा पिछडिएको बस्ति बेथानचोक वडा नं १ च्याम्राङवेशी (साविक च्यामौङवेशी गाविस वडा नं. ८ फुर्केथली) को श्री त्रिवेणी आधारभूत विद्यालय समायोजन गर्ने क्रममा विद्यालय व्यवस्थापन समितिलाई पत्तै नदिई गरिएको तथ्य फेला परेको छ ।

२०५२ सालमा स्थापना भएको श्री त्रिवेणी आधारभूत विद्यालय २७ वर्षपछि अहिले बाल विकास केन्द्रको रूपमा रूपान्तरित भएको छ । न्यून विद्यार्थी संख्या भएको भन्दै गरिएको सो विद्यालय समायोजनको चुरोकुरो भने प्रधानाध्यापक ओमप्रसाद तिमल्सिनाकोे आर्थिक अनियमितताको ढाकछोप, आसेपासेको सल्लाह एवं राजनैतिक संरक्षणका लागि गाउँपालिका नेतृत्वसम्मको मिलोमतोमा विद्यालय समायोजन भएको बुझिएको छ ।

त्यस्तै वेथानचोक गाउँपालिका वडा नं ५ कामिडाँडामा पनि यस्तै भएको छ । स्रोतकाअनुसार कामिडाँडा स्थित श्री कपेर आधारभूत विद्यालयमा ०५३ सालदेखि ०६५ सालसम्म प्रधानाध्यापक रहेका श्याम लामाले विद्यालयको आर्थिक अनियमितता देखि विद्यार्थी छात्रावृत्ती समेतको रकम हिनामिना गरेपछि कारवाहि गरि अन्य विद्यालयमा सरुवा गरिएका श्याम लामा घुमिफिरि पार्वती उमावि ढुंखर्कमा पुगे । त्यहाँ पनि प्रधानाध्यापक गोविन्द शर्मासँग विवाद भएपछि त्यहाँबाट पनि पाखा लागेका लामालाई निमावि वा सो सरहको शिक्षक माग गरि रहेको मौका पारी प्रावि तहका शिक्षक लामालाई श्री कपेर आधारभूत विद्यालय कामिडाँडामै पठाईयो । उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितिले शिक्षक लामालाई हाजिर गराउन नसक्ने जानकारी पत्रमार्फत गाउँपलिकालाई गरायो । तर गाउँपालिकाले उल्टै हाजिर गराउन र तलब खुवाउन भन्दै पत्रसमेत पठाउने कार्य भएको खुलेको छ ।

स्थानीय तहको सबै अधिकार प्राप्त स्थानीय निकायका जनप्रतिनिधीको जिम्मा लगाईएको यस अवस्थामा जनप्रतिनिधि तथा कर्मचारीहरू जिम्मेवार हुनुपर्ने बेला आसेपासेको घेराबन्दीमा परि सिफरिसमा काम गर्ने गरिएको छ । यस्ता क्रियाकपालहरु भईरहँदा जनतासँग प्रत्यक्ष रूपमा जोडिएका शिक्षा, स्वस्थ्य लगायत अन्य क्षेत्रहरुमा नकारात्मक असर पर्ने अनुमान सहजै गर्न सकिन्छ ।

माथि उल्लेखित घटनाहरु त केहि प्रतिनिधीमूलक घटना मात्र हुन्, यस्ता नदेखिएका, नसुनिएका तर जनस्तरमा प्रत्यक्ष रुपमा जोडिएका विषयहरु माथि सरोकार राख्ने पक्षहरुका बारेमा यस्ता क्रियाकलापले पार्ने नकारात्मक प्रभावका बारे सुक्ष्म अध्ययन गर्दै आफुले चुनेका जनप्रतिनिधिहरुको आनिबानी एवं सामुहिक जिम्मेवारीकोे बारे सकारात्मक सल्लाह र सुझाव दिने अनि मूल्याङ्कन गर्ने बेला आएको पो हो कि !

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि