‘संसदलाई छल्दै सरकार !’
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम कर्तव्य र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेकी हुन् ।
सरकारले संसद बैठक छलेर मन्त्रिपरिषदबाट अध्यादेश ल्याएको छ । आगामी १६ दिनभित्र संसद बैठक बस्नुपर्ने भएपनि त्यसको केही दिनअघि अध्यादेश ल्याएर संसदलाई छल्ने सरकारको योजना भने सफल भएको छ ।
तर, मंगलबारको मन्त्रिपरिषद् बैठकमा उक्त अध्यादेशबारे कुनै छलफल नै नभएको पनि बताइएको छ ।
संविधानअनुसार संसद बैठक स्थगित भएको ६ महिनाभित्र अर्काे बैठक बस्नुपर्ने हुन्छ गत असारमा स्थगित भएको बैठक आगामी पुस १७ गतेभित्र बसिसक्नुपर्ने संवैधानिक सिमा छ । तर त्यसको केही दिन अघि मात्रै सरकारले संवैधानिक परिषद सम्बन्धी संशोधन अध्यादेश ल्याएको छ । अध्यादेशलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत धेरै नेताहरुले असवैधानिक भन्दै खारेज वा फिर्ता गर्न माग गरेका गरिरहेका छन् । साथै नेपाली कांग्रेसका नेताहरुले पनि विधि र विधान विपरित अध्यादेश ल्याइएको भनि तत्काल फिर्ता गर्न भनेका छन् ।
यसअघि गत वैशाखमा पनि सरकारले यस्तै अध्यादेश ल्याएको थियो । यसैबीच सरकारले संवैधानिक परिषदमा बहुमतका आधारमा निर्णय गर्ने अध्यादेश ल्याएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बेलुका बोलाएको परिषद बैठककमा सहभागी नहुने भएका छन् ।