७ मंसिर २०८१, शुक्रबार / Fri Nov 22, 2024

‘राष्ट्रपतिको भूमिकाले गणतन्त्रै खतरामा’


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिका प्रति असन्तुष्टि बढ्दै गएको छ । मुलुकको अभिभावकत्व ग्रहण गरेकी विद्यादेवी भण्डारीले पछिल्ला कार्यशैली देखेर विभिन्न नेताहरुले आक्रोश पोखिरहेका छन् ।
बिहिबार कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाले मुलुक दलदलमा फस्ने खतरा बढेको बताए । उनले भने, ‘ अहिलेको सरकार संविधानलाई मिच्दै अघि बढिरहेको र त्यसमा राष्ट्रपति सहयोगीको भूमिका निर्वाह गर्नु मुलुकका लागि दुर्भाग्य हो ।’
राष्ट्रपति अहिले सत्तारुढ दलभित्रका एउटा गुटको मात्रै राष्ट्रपतिको रुपमा देखिएको गुनासो आइरहेका छन् ।
अधिनायकवादतर्फ अघि बढिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीभित्र अल्पमतमा परेर कारबाही हुने वातावरण निर्माण भएको र यदी कारबाही भएको अवस्थामा राष्ट्रपति ज्यूले यसरी नै सघाइ रहनु भयो भने मुलुकमा दुर्घटना निम्तने कांग्रेस नेता डा. शेखर कोइरालाले बताए ।
सरकार संसदलाई नै छल्दै अघि बढिरहेको यो विषम स्थितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अधिवेशन बोलाउन दबाब सिर्जना गर्नुपर्ने हो तर प्रतिपक्ष पनि यस विषयमा बोलेको छैन ।
दुई तिहाइको कम्युनिष्ट सरकारले जनभावना अनुसार काम गर्न नसकेकाले राजावादी चलमलाउन थालेका छन् । हजारौको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि