सवारी चालकको अनलाइन फारम पुस १४ गतेदेखि
काठमाडौं । यातायात व्यवस्था कार्यालयहरुले चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम मंगलबारदेखि खोल्ने तयारी गरेका छन् ।
कोरोना महामारीसँगै बन्द भएको लाइसेन्सको वितरणको कार्य पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
यसका साथै विभागले स्वास्थ्यसम्बन्धी व्यवस्था मापदण्ड परिपालन गर्नेगरी अनलाइन फारम खुला गरिने जनाएको छ ।
विभिन्न किसिमको चालक अनुमतिपत्र लिनका लागि हजारौं व्यक्ति प्रतिक्षारत छन् ।