७ मंसिर २०८१, शुक्रबार / Fri Nov 22, 2024

‘प्रधानमन्त्रीले सनकका भरमा संसद विघटन गर्न पाउनुहुन्न’


काठमाडौं । संविधान बनाउने मुख्य थलो संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ संसद विघटन पछि अहिलेसम्म यसबारे मौन छन् ।
संविधान निर्माणका क्रममा भएका भित्री बहसका प्रमुख ‘चश्मदीत गवाह’ हुन् – संविधान सभाका अध्यक्ष नेम्वाङ । तर, उनी सार्वजनिक रुपमा न संसद विघटनबारे बोल्छन्, न धारा ७६ को ‘विधायिकी आशय’ बारे नै केही बताउँछन् ।
यद्यपि नेम्वाङले सार्वजनिकरुपमा केही नबोले पनि आफूनिकट कानुन व्यवसायी र राजनीतिक दलका नेताहरुसँग भने संसद विघटनबारे चर्चा गर्ने गरेका छन् । स्रोतको दाबी छ, तर, सुवास नेम्वाङ पनि संसद विघटनको विपक्षमा हुनुहुन्छ ।
संविधान मस्यौदा समितिका तत्कालीन सदस्य रामनारायण बिडारीका अनुसार संविधान निर्माणका क्रममा धारा÷धारामा भएका हरेक छलफलमा नेम्वाङसँग राय मागिन्थ्यो ।
बिडारी सम्झन्छन्, ‘धारा ७६ (प्रधानमन्त्री निर्वाचन) र धारा १०० (अविश्वासको प्रस्ताव) को सन्दर्भमा उहाँ (नेम्वाङ) को एउटै राय थियो, राजनीतिक स्थिरताका लागि प्रधानमन्त्रीले सनकका भरमा संसद विघटन गर्न पाउनुहुन्न । त्यसका लागि जे–जे राख्नुपर्छ, त्यो राखेर मस्यौदा ल्याउन सक्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि