‘भारतले आज नेपालसहितका देशलाई कोरोना खोप उपलव्ध गराउने घोषणा’
काठमाडौं । भारतले आजदेखि नेपालसहितका देशलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
भारतीय विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी देशलाई अनुदानमा खोप उपलब्ध गराउन लागेको हो । कोभिड महामारीसँग जुझ्न नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसल्सलाई खोप अनुदानमा वितरण गरिने भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै श्रीलंका, अफगानिस्तान र मोरिससलाई त्यहाँका नियामक निकायले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने जनाएको छ । नेपाल सरकारले गठन गरेको विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले प्राप्त हुन लागेको खोपको परिमाण भने जानकारी नभइसकेको बताएका छन ।
औषधि व्यवस्था विभागले अघिल्लो साता भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको अक्सफोर्ड एष्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
कोभिशिल्ड बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एष्ट्रोजन कम्पनीले विकास गरेका हुन् ।
कोभिशिल्ड भारतकै सिरम इन्स्टिच्यूटले उत्पादन गरिरहेको छ ।