‘प्रतिनिधिसभा विघटनपछिको नेकपाको यस्तो छ अवस्था’
काठमाडौं । प्रधानमन्त्री ओलीको गएको पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए ।
त्यसयता सत्तारूढ नेकपा फुटको सङ्घारमा पुगेको छ र आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगमा पुगेको छ ।
प्रचण्ड–नेपाल समूहले ओलीलाई कारबाही स्वरूप अध्यक्षबाट हटाएको छ र साधारण सदस्यबाट किन नहटाउने प्रश्नसहित स्पष्टीकरण सोधिएको जनाएको छ ।
ओली पक्षले पनि प्रचण्ड नेपाल समूहका कैयौँ नेताको जिम्मेवारी खोस्दै पार्टीका कतिपय कमिटीहरू पुर्नगठन गरेको छ ।