२७ मंसिर २०८२, शुक्रबार / Fri Dec 12, 2025

‘ओलीलाई ज्यान मुद्दाबाट बचाउन चिउरीबासको उकालो !’


‘तमासा देखाउन, दुःख दिएर लगिएका बाजे वकिल’ भन्दै केपी ओलीले अपमानित गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी तिनै व्यक्ति हुन्, जसले पञ्चायतकालमा स्वयं ओलीलाई ज्यान मुद्दाबाट बचाउन दुःख गरेका थिए ।
काठमाडौं र झापामा मात्र होइन, धनकुटामा समेत ओलीको पक्षमा मुद्दा लड्न भण्डारीले धरानबाट चिउरीबास र मुलघाटको कष्टपूर्ण उकालो ओरालो पैदल यात्रा गरेका थिए ।
वरिष्ठ अधिवक्ता भण्डारीको नजिक रहेर काम गरेका एकजना कानुनविदले भने, ‘त्यसबेला उहाँले केपी ओलीका लागि निकै दुःख गर्नुभयो । धरानबाट पैदलै हिँडेर धनकुटासम्म पुग्नुभयो ।’
केपी ओली त्यसबेला झापामा व्यक्ति हत्या गरेको अभियोगमा जेल परेका थिए । पञ्चायती सरकारले उनीमाथि ज्यान मुद्दा लगाएको थियो ।
झापामा ०२८÷०२९ सालतिर केपी ओलीको समूहले व्यक्तिहत्याको राजनीति अबलम्वन गरेको थियो । त्यसबेला केही धनी किसानहरुको टाउको काटेर हत्या गरिएको थियो । फरार रहेका ओली रौतहटबाट पक्राउ परेका थिए, जो १४ वर्षपछि जेलमुक्त भए ।

(यो सामाग्री अनलाइनखबरबाट साभार गरिएको हो : स)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि