‘नेकपा विवादले चुलिएको आम हडतालको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा’
काठमाडौं । देशको प्रमुख राजनैतिक शक्ति नेकपामा आन्तरिक विवादले विभिन्न बन्द हड्तालले महामारीबाट बिस्तारै तङ्ग्रन खोजेको अर्थतन्त्रमा फेरि अर्काे झट्का लाग्ने त्रास कैयौँले व्यक्त गरेका छन् ।
विज्ञ, अर्थ विज्ञहरुले माघ २२ गते नेकपाको एक पक्षले आह्वान गरेको आम हड्तालको खुलेर विरोध गरिरहेका छन् ।
अर्थतन्त्रका जानकार सुजिव शाक्यले ट्वीटरमा ‘धनी राजनीतिज्ञहरूको देशमा एक दिनको हड्तालले उनीहरूलाई प्रभाव पार्दैन । तर त्यसले महामारीको नोक्सानी बेहोरिरहेका मानिसहरूलाई थप एक दिनको हानि पुग्छ’ भनेर लेखेका छन । उनले एक दिनको बन्दले अर्बौँ रुपैयाँ नोक्सानी हुने पनि उल्लेख गरेका छन्।
आम हड्तालका कारण जुम्लामा यातायात नचलेपछि मानिसहरू हिँडेरै यात्रा गर्न बाध्य भएका छन् ।
विगतमा बन्द हडतालको विरोध गर्ने कतिपय नेताहरू नै अहिले बन्द आयोजकको कित्तामा पुगेको प्रति पनि कतिपयले प्रश्न उठाएका छन् ।
बन्दका कारण बिहीवार बिहानैदेखि संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न ठाउँमा आयोजकहरूले धर्ना तथा विरोध प्रदर्शन गरेका छन् ।
यातायात, शिक्षा, उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा बन्द हडतालले प्रत्यक्ष प्रभाव प्रभाव पारेको छ ।