‘ताजा जनादेश अराजकताको अन्त्यका लागि : प्रधानमन्त्री ओली’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने र नयाँ निर्वाचन गराउने आफ्नो निर्णयको प्रतिरक्षा गर्दै जनादेश राम्रो भईकन पनि जनादेशबाट आएका पात्रहरू उपयुक्त नभएकाले नयाँ पात्रहरूको लागि चुनावमा जान लागिएको दाबी गरेका छन् ।
आफ्नो ३ वर्षे कार्यकालका प्रगति सार्वजनिक गर्दै ओलीले यस्तो बताएका हुन् ।
संसद् विघटनको निर्णय विधिसम्मत रहेको तर्क गर्दै उनले त्यो पद प्राप्तिका लागि नभई प्रणालीको रक्षाका लागि रहेको बताए ।
सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू लोकतान्त्रिक प्रणालीको विरुद्धमा नरहेको दोर्होयाएका छन् ।
उनले ताजा जनादेश अराजकताको अन्त्यका लागि अत्यावश्यक र अहिलेको लागि अपरिहार्य रहेको दाबी समेत गरे ।