५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

‘काङ्ग्रेसको मौनताले लम्बिदैछ ओली सरकारको आयु !’


काठमाडौं । प्रतिनिधिसभा पुर्नस्थापना भएपछि कांग्रेसले ओली र प्रचण्ड दुवै पक्षबाट प्रधानमन्त्रीको प्रस्ताव पाउने विश्लेषण गरिएको थियो ।
सत्ताको निम्ति सधैँ हतारो गर्ने भनि आलोचना खेप्ने गरेको काङ्ग्रेस भने यति बेला सरकार गठनको निम्ति अग्रसरता लिएको देखिँदैन ।
सभापति शेरबहादुर देउवानिकट नेता रमेश लेखकका अनुसार सरकार बनाउन माओवादीले कांग्रेसलाई प्रस्ताव गरेको छ ।
तैपनि कांग्रेस सरकार बनाउन हच्किनुको कारण के हो त ?
“तर जसपाको समर्थनबिना सरकार बन्दैन” लेखकको विश्लेषण छ, “त्यसैले सरकार बनाउने भनेर हाम फालिहाल्ने अनि नबन्ने स्थिति भयो भने कांग्रेसका लागि राम्रो हुँदैन ।”
कांग्रेसकै कतिपय नेताहरूले भने सभापति देउवाको मौनताका कारण ओली सरकारको आयु लम्बिएको बताउने गरेका छन् ।
तर नेता लेखकका भनाइमा नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बन्ने सुनिश्चितताको पर्खाइमा छ ।
“अविश्वास प्रस्ताव अघि बढाउनुअघि सुनिश्चितता हेर्नुपर्ने हुन्छ, हतारमा निणर्य गरेर फुर्सदमा पछुताउने काम कांग्रेसले गर्दैन” नेता लेखकले बताए ।
कांग्रेसले आफूले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा जसपाले प्रधानमन्त्रीलाई साथ दिन सक्ने जोखिम देखेको पाइन्छ ।
तर ओली नेतृत्वको सरकारसँग निकटस्थ खेमा हाबी रहेको भनिएको दल जसपाका कतिपय नेताहरू आफूहरूले प्रधानमन्त्री ओलीलाई साथ दिने अर्को विकल्प पनि जोखिममुक्त नरहेको बताउँछन् ।
विवाद बढ्दै गएर एमालेकै असन्तुष्ट समूह प्रधानमन्त्रीविरुद्ध लाग्ने अर्को सम्भावना रहेको उनीहरूको बुझाइ छ ।
विपक्षमा रहेका दलहरूका आआफ्नै खालका जोखिम र अविश्वासका कारण प्रधानमन्त्री ओलीको सत्तायात्रा भने लम्बिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि