५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

प्रचण्डले एमसीसीमा समर्थन जनाएको ओलीको दाबी


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज (एमसीसी) सम्झौतालाई समर्थन जनाएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले अमेरिकीहरुलाई भेटेर एमसीसीमा समर्थन जनाएको ओलीले दाबी गरेका हुन् ।
बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले कुनै देश वा राजदूतको नाम नलिई प्रचण्डले विदेशीलाई भेटेर एमसीसीमा सहमति जनाएको लाक्षणिक भाषामा बताए ।
सर्वदलीय बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले भने, ‘प्रधानमन्त्रीज्यूले कसैको नामै त लिनुभएन, तर विदेशीलाई भेटेर म एमसीसी पास गर्छु, भन्दै हिँडेका छन् भन्नुभयो । उहाँको संकेत प्रचण्डतिर लक्षित रहेको प्रष्टै बुझ्न सकिन्थ्यो । र, एमसीसीमा विदेशी भन्नाले अमेरिकालाई बुझ्नु स्वाभाविकै हो ।’
सर्वदलीय बैठकमा सहभागी नेमकिपाका सांसद प्रेम सुवालका अनुसार अध्यक्ष प्रचण्डले अमेरिकी राजदूतलाई बोलाएर ‘प्रधानमन्त्री बन्न आफूलाई सहयोग गरे एमसीसी अनुमोदन गर्न आफू तयार रहेको’ भनेर प्रधानमन्त्री ओलीले शनिबार सबैका सामु सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि