‘धेरै जान्ने हुँदा प्रधानमन्त्रीले गुमाए सहयोग जुटाउने मुख्य अवसर’
काठमाडौं । नेपालमा हालसम्म चीनले दिने २० हजार अक्सिजन सिलिण्डर र अमेरिकाले दिने भनेको केही करोड रुपैयाँ आर्थिक सहयोग बाहेक थप सहयोग आएको छैन ।
यस्तो परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सीएनएन टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ‘कोरोना नियन्त्रणमा छ’ भन्ने झुटो दाबी गरेका छन् ।
यसले नेपालको वास्तविक अवस्था अन्तर्राष्ट्रिय समुदायलाई सुनाएर सहयोग प्राप्त गर्ने अवसर प्रधानमन्त्रीले गुमाएका छन् । आफैँलाई सबै जान्ने ठान्ने प्रधानमन्त्री ओलीको यो शैली भने पुरानै हो ।
नेपाल यही अवस्था रहने हो भने ठूलो मानवीय क्षति हुन सक्ने विज्ञहरुले बताउँदै आएका छन् । त्यसैले अन्तराष्ट्रिय सुमदायलाई मेडिकल सपोर्ट माग्नुपर्ने बेलामा वास्तविक स्थितिको ढाकछोप गरी गम्भीर त्रुटि गरेको पनि विज्ञहरुको तर्क छ । भारतलाई पनि औषधि र स्वास्थ्य सामाग्रीको आपूर्ति नरोक्न भन्नुपर्ने र खोपका लागि अन्तराष्ट्रिय समुदायसँग पहल गर्नुपर्ने बेलामा प्रधानमन्त्री त्यसो भन्नुको सट्टा अन्र्तराष्टिय समुदायलाई नै गलत सूचना दिएका छन् ।