‘संसदमा विश्वासको मत माग्ने नैतिकता प्रधानमन्त्रीलाई छैन : प्रचण्ड’
काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैले विघटन गरेको संसदमा विश्वासको मत माग्ने नैतिकता प्रधानमन्त्री केपी शर्मा ओलीसँग नभएको टिप्पणी गरेका छन् ।
सोमबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई विश्वासको मत प्राप्त नहुने र यो विश्वास स्वयम् ओलीलाई पनि नभएको बताए । उनले ओलीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न पनि आग्रह गरे ।
ओलीको कार्यशैलीकै कारण विश्वासको मत प्राप्त गर्ने स्थिति नभएको भन्दै उनले बरु ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन मार्ग प्रशस्त गर्न विगतमा पनि आग्रह गरेको र अहिले पनि त्यही सुझाव दिने उनले बताए। ओलीलाई अहिले पनि संसद विघटनको निणर्य सही नै लागेको उनले बताए ।