३० कार्तिक २०८१, शुक्रबार / Fri Nov 15, 2024

‘विदेशमा अड्किए नेपाली श्रमिक, छैन सरकारी उद्दारको योजना’


काठमाडौं । नेपालका लाखौं युवा अहिले पनि विदेशी मुलुकमा श्रम गरिरहेका छन् । विदेशस्थित कतिपय युवाले नेपालमा महामारी बढेपछि परिवारसँगै फर्किन चाहेका छन् । कतिपयको परिवारजन बिरामी छन्, कतिले घरमा शोक परेको भन्दै दूतावासमा सम्पर्क गरेका छन् । कतिले नेपालमा श्रम मन्त्रालयका विभिन्न निकायमा फोन गरेर फिर्तिको व्यवस्था गरिरिदन माग गरिरहेका छन् । तर सरकार सत्ताको खेलमा लिप्त भएर बसेको छ ।
अप्ठेरोमा परेका र आकस्मिक रुपमा आउँन परेका नागरिकलाई नेपाल सरकारले कुनै न कुनै किसिमबाट सम्बोधन गर्नपर्ने श्रमिकहरुको माग छ ।
काठमाडौंमा तेस्रोपटक निषेधाज्ञा लम्बिएपछि प्रमुख श्रम गन्तब्य मुलुकका नेपाली दूतावासहरुमा अलपत्र परेका श्रमिकको गुनासो आउने क्रम बढ्दै छ । यूएईस्थित नेपाली दूतावासका एक अधिकारी उडान खोल्ने पहल गर्न आग्रह गर्दै दैनिक दर्जनौं फोन आइरहेको बताउँछन् ।
विदेशमा अड्किएका श्रमिकहरुलाई फर्काउन नेपाल सरकारले योजना होइन, सोचसम्म बनाएको छैन । सरकारी अधिकारीहरु महामारी नियन्त्रण गर्ने हो भने उडान सञ्चालन गर्न नहुने पक्षमा छन् ।
अघिल्लो पटकको कोरोना लहरमा सरकारले २०७६ चैतदेखि असारसम्म अन्तर्राष्ट्रिय उडान रोकेको थियो । त्यसपछि असारदेखि उद्धार गर्ने भन्दै चाटर्ड उडान सञ्चालन गरेको थियो । दूतावासहरुले चार्टर्ड उडानका आउनेहरुको प्राथमिकीकरण गरेर सूची प्रकाशित गरेका थिए । त्यसरी आएकाहरुलाई नेपाली सेनाले विमानस्थलबाट होल्डिङ सेन्टर र त्यहाँबाट सम्बन्धित वडासम्म लगेर छाड्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि