१ मंसिर २०८१, शनिबार / Sat Nov 16, 2024

‘सिंहदरबारबाट आएको अध्यादेश बजेटको कार्यान्वयन गर्न कठिन’


काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेश बजेटलाई पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले ‘हार्डवेयरभन्दा बढी सफ्टवेयर’ भएको बताएका छन् । पूर्वअर्थमन्त्री पाण्डेकै शब्दमा साधारण खर्च बढाउने खालका कार्यक्रम धेरै ल्याइएको बताएका छन् ।
कोभिडलाई केन्द्रित गरेर राहत दिने कुरा आउनु सकारात्मक भए पनि राजस्व स्थिर रहने र ऋण बढ्ने अवस्था देखा पर्नु चिन्ताको विषय भएको पाण्डेले बताएका छन् । उनी आगामी वर्ष पुँजीगत खर्च कार्यान्वयन नहुने जोखिम रहेको बताउँछन् ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले यसो भनेका छन् :

दुई कारणले पुँजीगत खर्चमा जोखिम छ । एउटा कोभिडको अवस्था छ र अर्को चुनावको वर्ष भनेर राष्ट्रिय राजनीति अस्थिर छ । चुनाव हुने भनेपछि कर्मचारी प्रशासनले भोलि को आउँछ भनेर मन लगाएर काम गर्दैन । त्यसैले कार्यान्वयन गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि