३० कार्तिक २०८१, शुक्रबार / Fri Nov 15, 2024

‘एमसिसी सम्झौताका लागि बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन’


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी परियोजना एमसिसीका लागि सरकारले बजेट छुट्याएको प्रति असन्तुष्टि जनाएका छन् ।
देशको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितविपरीत परियोजना संसदबाट पास हुनुअघि नै बजेट छुट्याएको प्रति असन्तुष्टि जनाएका हुन् ।
रावलले ट्विटमा लेखेका छन् ः
नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रम केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो । यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं ।
प्रधानमन्त्री ओलीको लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गर्न आग्रह गरेका छन् । विवादास्पद एमसिसी प्रधानमन्त्रीले संसदबाट पास गराएर कार्यान्वयन गराउने पक्षमा थिए । तर, पार्टीभित्रबाटै एमसिसीको विपक्षमा उभिएपछि ओलीले अगाडि बढाउन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि