२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

‘महन्थ र राजेन्द्र बालुवाटारमा, तत्काल सरकारमा जाने तयारी’


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार धाईरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषय छलफल गर्न उनीहरू बालुवाटार धाइरहेको बताइएको छ । अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल पनि भइरहेको छ ।
समाचार श्रोतका अनुसार सरकारमा सहभागी हुने अन्तिम छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार गएका हुन् ।
जसपाले आठ मन्त्रीसहित २ राज्यमन्त्री मागेको समाचार श्रोतले बताएको छ । जसपाको मागप्रति ओली सकारात्मक रहेको बुझिएको छ ।
सांसद नरहेका सात जनालाई फेरि मन्त्री बनाउन नहुने सर्वोच्च आदेशपछि अहिले सात मन्त्रालय खाली छन् । रक्षा मन्त्रालय पनि प्रधानमन्त्री ओली आफैंले राखेका छन् ।
यसैबीच जनता समाजवादी पार्टीभित्र विवाद बढेका बेला संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले हात मिलाएर आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका छन् ।
पार्टीभित्र प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने भन्नेमा विवाद छ ।
अध्यक्ष महन्थ ठाकुर पक्षको पूर्वराजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानु पर्नेमा छ। पूर्वसमाजवादी पार्टी बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीले असंवैधानिक कदम चालेकोले विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नु पर्नेमा छन् ।
विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई र अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर पक्षलाई पार्टीबाटै निस्कासनसम्मको कारबाहीको चेतावनी दिएका बेला भट्टराईले आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि