२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

‘राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत लिने ?’ भन्दै प्रधानमन्त्री आक्रोशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको मुद्दाको बहसमा सहभागी कानुन व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।
सोमबार युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र चाहिन्छ भनेर अदालतमा वितण्डा मच्चाइरहेको आरोप लगाए ।
‘लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्छौ भनेर कालो कोटधारीले भनिरहेका छन् । उनीहरुले न्यायपालिकालाई कुन हैसियतमा पुर्याउँदैछन् ?’ प्रश्न गर्दै ओलीले भने, ‘यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’
प्रधानमन्त्रीले यसअघि न्यायपालिकाको नेतृत्व गरेका प्रधानन्यायाधीशरुको वक्तव्यप्रति पनि आक्रोश पोखे । ‘राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ?

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि