५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

‘केपी ओलीले फ्याँके माधव नेपाललाई एकताको कार्ड, होला त नेकपा एमाले एकता ?’


काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले नेपाल-खनाल समुहलाई पुनः एकताको कार्ड फ्याँकेका छन् ।
एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित १२ नेतालाई साधारण सदस्यबाट समेत निस्कासन गरेका थिए ।
संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलाश पुनःगठन भएकै साँझ अर्थात आइतबार ओलीले ‘पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको’ घोषणा समेत गरेका छन् ।
ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकतापछि निर्मित तत्कालीन नेकपाको केन्द्रीय कमिटीमा रहेका र हाल एमालेमा आएका नेतासहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने जनाएका छन् ।
राष्ट्रिय राजनीतिक उतार चढावसँगै पार्टी हित विपरीत लागेको भन्दै विभिन्न नेताहरुलाई कारबाहीको क्रम चलेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरुले अनौपचारिक रुपमा एकताका लागि पहल गरेका थिए । त्यसैको प्रत्युत्तरमा अध्यक्ष ओलीले पार्टी कमिटी र जनसंगठनहरु मूलभूतरुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने तथा यसको व्यवस्थापनका लागि कार्यदल गठन गरिने पनि बताएका थिए ।
तर ओलीको यस्तो आश्वासनलाई नेपाल समुहले पत्याउन सकेको छैन । माधव नेपाल पक्षका नेताहरुले पनि मिश्रित प्रतिक्रिया दिइरहेका छन् । ओलीको यो घोषणामाथि माधव समूहका नेताहरुले आशंका व्यक्त गरिरहेका छन् । विषयमा संस्थागत धारणा बनाउन माधव पक्षले आफ्ना स्थायी कमिटी सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे भर्चुअलमा रूपमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि