‘पूर्वमुख्यमन्त्रीलाई पनि पूर्वप्रधानमन्त्रीलाई जस्तै सेवा सुविधा’
पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निणर्य गरेको छ । आइतबार नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिन ऐन ल्याउने निणर्य गरेको हो ।
आइतबार मात्र सरकारका प्रवक्ता तोकिएका कुमार खड्काका अनुसार प्रदेशको स्रोत साधनले भ्याएसम्म पूर्वमुख्यमन्त्रीलई पनि सुविधा दिने बैठकले निणर्य गरेको छ । उनले भने, ‘यसलाई हामी ऐन ल्याएर कार्यान्वयन गछौँ ।’
आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेटका बारेमा पनि मन्त्रिपरिषदमा छलफल भएको उनले जानकारी दिए ।
प्रदेश सरकारले ३१ जेठमै बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । त्यसैले बजेटअघि नै नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुपर्छ । यसका लागि पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने निणर्य गरेको प्रवक्ता खड्काले बताए ।
गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
अहिलेसम्म अन्य प्रदेशमा भने यस्तो सुविधा रहेको छैन । गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीले यस्तो सेवा सुविधा ल्याउन लागेका हुन् ।