४ मंसिर २०८१, मंगलबार / Tue Nov 19, 2024

‘एमाले एकताको अन्तिम कसरत, होला त सफल !’


काठमाडौं । मध्यमार्गी नेताहरूको हप्तौंको मेहनत खेर गएन भने एमाले एकताको सन्निकट पुगेको छ ।
अबको मतभेद केही प्राविधिक विषयमा अल्झिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षधर नेताहरूले पार्टीलाई जेठ २ को स्थितिमा फर्काउन माग राख्दै आएका थिए । अडान त्यागेर अध्यक्ष केपी शर्मा ओली त्यसमा सहमत मात्र भएनन्, महाधिवेशन आयोजक कमिटी भंग गरेका छन् ।
महाधिवेशन आयोजक कमिटीकै बुधबारको बैठकले उक्त कमिटी खारेज गरेको हो । त्यही क्रममा शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकमा नेपाल पक्षीय नेताहरू नजाने भएका छन् । त्यसमा उनीहरूको धारणा छ, ‘अवैध भनेर खारेज गरिएको महाधिवेशन आयोजक कमिटीले बोलाएको बैठकमा जानु उचित ठानिएन ।’
दुवै पक्षका दोस्रो पुस्ताका केही नेता एकता पहलमा लगातार बस्दै आएका छन् । त्यही क्रममा ओली पक्षीय नेताहरूलाई नेपाल पक्षीय नेताहरूले शुक्रबारको बैठक रोक्न प्रस्ताव पठाएका छन् । ओलीले त्यसमा के गर्ने, निणर्य लिइसकेका छैनन् । विभिन्न सञ्चारमाध्यममा ओली पक्षको केन्द्रीय कमिटि बैठक बस्ने समाचारहरु बाहिर आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि