‘पुर्नस्थापित संघीय संसद बैठक आज बस्दै, आजै विश्वासको मत लिने सत्तापक्षको तयारी’
काठमाडौँ । सर्वोच्च अदालतको आदेशबाट पुर्नस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । अदालतले परमादेशमा नै साउन ३ गते संसद बैठक राख्न भनिएको थियो ।
बैठक अपराह्न चार बजे बस्ने संसद सचिवालयले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई असार २८ गते अदालतले परमादेशमार्फत पुर्नस्थापना गरिदिएको थियो ।
तीन बर्षदेखि सरकाररको नेतृत्व गर्दै आएको नेकपा एमाले पुर्नस्थापित संसदमा प्रमुख प्रतिपक्षको भूमीकामा देखिनेछ ।
संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आइतबार अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने छ । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् ।
साथै प्रधानमन्त्री निकट स्रोतका अनुसार आज बस्ने संसद बैठकमै विश्वासको मत लिने तयारी समेत रहेको छ ।