१६ मंसिर २०८१, आइतबार / Sun Dec 1, 2024

‘प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई केपी ओलीले पोखे असन्तुष्टि’


काठमाडौं । सर्वोच्च अदालतद्वारा पुनः स्थापित प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको साझा नीति तथा कार्यक्रमको आलोचना गरेका छन् ।
सरकारले जारी गरेको उक्त दस्ताबेज संसद् छलेर सार्वजनिक भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । तर ओलीले असन्तुष्टि व्यक्त गर्दा उनी स्वयंले संसद छलेको चाहिँ बिर्सिए ।
त्यसबाहेक उनले आफ्नो सम्बोधनका क्रममा सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा अस्पष्ट कार्यक्रमहरूको फेहरिस्त सुनाएको र तीमध्ये केही आफूले नेतृत्व गरेको सरकारले नै गरेको दाबी गरे ।
सम्बोधनका क्रममा उनले एमसीसी सम्झौतादेखि भ्रष्टाचार निवारणसम्मका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारलाई सुझाव दिन भ्याए ।

१) गठबन्धनको पद्धतिले देशलाई कहाँ लान्छ ?

आफ्नो मन्तव्यका क्रममा ओलीले शान्ति, सुशासन र विकासको बाटो समातिसकेको देश लोकतान्त्रिक संस्कृति नभएर गठबन्धनको संस्कृतितिर जान थालेको बताउँदै त्यसले विकासको अभियानलाई हाँक्न नसक्ने बताए ।

२) एमसीसी बिर्सनुभयो ?

संसद्मा आफ्नो सम्बोधनका क्रममा ओलीले नेपाल सरकार र अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीचको सम्झौता बिर्सिएको हो कि भनेर प्रश्न गरेका थिए ।

३) निःशुल्क खोप यो सरकारले उपलब्ध गराउन लागेको हो ?
सरकारले चैत मसान्तसम्ममा सबैलाई निःशुल्क खोप उपलब्ध गराउन लागेको भनेर आफ्नो कार्यक्रम उल्लेख गरेको बताउँदै उनले त्यसबारे पनि टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि