३० चैत्र २०८१, आइतबार / Sun Apr 13, 2025

‘धुलिखेल नगरपालिका वडा नं. ४ मा यस्ता काम गर्नुपर्छ’


जगन्नाथ गिरी
पूर्व प्र.नि. (अ.प्रा.)

जो देखिन्छ मृतत्व त्यो स्थलतिरै, छर्दै हिडौं अमृत
जो जानिन्छ असत्य फेरि त्यसमा, लागौं न सत्यैसित ।
चारैतर्फ छ अन्धकार भवमा, ज्योतिष्मति नै छरौं
हाम्रो जीवन यो अमूल्य छ यहाँ, सत्कार्य धेरै गरौं ।।

सेवा निवृत्त भई जीवनको उत्ताद्र्धमा केही न केही गरुँ भनि यहाँहरुसमक्ष निम्नलिखित एजेन्डाहरु लिई प्रस्तुत भएको छु । समाजसेवामा समर्पित भई विकृति, विसङ्गति विरुद्ध सधैं लगनशील रहनेछु ।
१) आफ्नो वडाभित्र विकास निर्माणसम्बन्धी कामको नागरिक निगरानीकर्ताका रुपमा काम गर्नुका साथै सामाजिक परिक्षण, अनुगमन जस्ता कामहरुमा क्रियाशील रहने ।
२) आफ्नो वडाभित्रका नागरिहरुबाट प्राप्त गुनासा तथा सुझावहरुलाई सम्बन्धित निकायसँग सम्पर्क र समन्वय गरी सम्बोधन गराउन सहजीकरण गर्ने ।
३) विपन्न दलित, आदिवासी, जनजाति, पिछडिएका वर्ग, द्धन्द्धपिडित, अपांगता भएका व्यक्तिहरु, महिला, बालबालिका सवालहरुलाई स्पष्टसँग व्यक्त गर्ने वातावरण तयार गर्ने ।
४) सामाजिक विसंगति, छुवाछुत, जातीय भेदभाव, निरक्षरता, महिलाविरुद्ध हिंसा, बालबालिकाविरुद्ध हिंसा, बालश्रम जस्ता कार्यलाई निरुत्साहित गर्ने ।
५) सामाजिक सुरक्षा, असहाय भत्ता पाउने ज्येष्ठ नागरिहरुको नामावली अद्यावधिक गर्न तथा सहज रुपमा भत्ता वितरणको लागि आवश्यक सहयोग गर्ने ।
६) बालमैत्री तथा वातावरण मैत्री वडा घोषणा गर्ने । नगरपालिकाको नीति, कार्यक्रम र कार्यदिशालाई समिक्षा गरी जनभावना अनुरुप कामकारवाही गराउने ।
७) मानवनिर्मित संरचना बाटोघाटो, पुल, स्वास्थ्यचौकी, विद्यालय, कृषि सेवा केन्द्र, मन्दिर, चौतारा, पानीको धारा, बिजुली, सडक बत्ती एवं प्राकृतिक श्रोत जस्ता चीजवस्तुहरुको सबै वडा बासीको सहभागितामा विस्तृत छलफल गरी प्राविधिक नक्सांकनबाट विद्यमान श्रोतसाधन र सेवामा कहाँ कसरी गर्ने भनि चिन्तममनन गरी अगाडि बढ्ने ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : mediaclubnepal2019@gmail.com
सामाजिक संजालमा हामि