२७ फाल्गुन २०८२, बुधबार / Wed Mar 11, 2026

रघुवीरले अनुशासन सिकाउँदै संसदीय समितिलाई भने- हामीलाई बोल्न बाध्य नपार्नू


काठमाडाैं : भाैतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास तथा प्रविधि समितिकाे कार्य सञ्‍चालनप्रति आपत्ति जनाएका छन्। बिहीबार राखिएकाे बैठकमा सरकार जुन विषयमा र जाेसँग सम्बन्धित हाे त्यसैसँग उत्तरदायित्व हुने वातवरण बनाउन आग्रह गरे। बिहीबारकाे बैठकमा समितिले राष्ट्रिय बैरा संघकाे पनि उपस्थितिका लागि बोलाएपछि मन्त्रीले आपत्ति जनाएका हुन्।

केही साथीहरूको तर्फबाट धेरै पहिलेदेखि माग भएअनुसार बाेलाएका छाैँ´ समिति सभापति कल्याणी खड्काले भनेपछि मन्त्री महासेठले बाेल्ने समय मागेका थिए। उनले समिति नम्सभन्दा बाहिर गएर छलफल राखेकाे गुनासाे गरे। `सरकार समितिमाथि संसदमाथि जवाफदेही हुन्छ´ महासेठले भने, `स्टेक हाेल्डर राखेर हामीलाई बाेल्न बाध्य नपार्नू, याे नम्सकाे कुरा हाे जस्ताे लाग्दैन´ मन्त्रीले आपत्ति जनाएसँगै प्रतिनिधिलाई उपस्थिति गराइएन।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि